जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका कीर्तिमानी आराेही हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेकाे छ । सगरमाथा आरोहणपछि मङ्गलवार काठमाण्डाै आउनुभएका मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गर्नुभएको हो । साथै उहाँलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो ।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका मगरले यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । योसँगै उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आरोहण गर्नुभएको हो ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताउनुभयो । उहाँले बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिनुभएको बताउनुभयो ।
यस्तै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले शारीरिक अशक्त भएकाहरूलाई दया, माया नभई अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।