अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको घरमा बम भेटियो

 कात्तिक ७, २०७५ बुधबार १९:४७:४ | एजेन्सी
unn.prixa.net

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनको घरमा बम भेटिएको छ ।

अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार न्यूयोर्कमा रहेको बिल क्लिन्टन र हिलारी क्लिन्टनको घरमा एउटा डिभाइसमा विस्फोटक पदार्थ राखेर तयार पारिएको ‘आईईडी’ बम भेटिएको हो ।

दुई दिनअघि मात्रै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अफिसमा पनि शंकास्पद वस्तु फेला परेको थियो । त्यस्तै दुई दिनअघि नै उदारवादी समाजसेवी जर्ज सोरोसको न्यूयोर्कमै रहेको घरमा बम भेटिएको थियो । सोरोस बाराक ओबामा र हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार बन्दा धेरै चन्दा दिने व्यक्ति पनि हुन् । 

एफबीआईले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया