केही हिमाली भेगमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।
पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको उहाँले बताउनुभयो ।
मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।
आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, तराईका जिल्लामा पनि पानी परेको छ । मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ ।
भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।