पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

 जेठ १०, २०८० बुधबार १८:९:६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ ।

यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको बीबीसी हिन्दीले जनाएको छ । देशव्यापी प्रदर्शन तथा आक्रमणकाे बारेमा पूर्वप्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गर्नुभएको थियो ।

देशव्यापी प्रदर्शनपछि पीटीआईका कैयौँ नेताहरूले पार्टी छाडेको घोषणा गरेका थिए । पाकिस्तानको एउटा अदालतले कम्तीमा यो महिनाभर पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्न रोक लगाएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया