१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेल भोटो जात्रा अवलोकनको लागि ललितपुरको जावालखेल पुग्नुभएको छ । यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर उहाँको सवारी हुने गरेकोमा आज भने राष्ट्रपति पौडेल बाटो खाली नगराइकन जावलाखेल पुग्नुभएको छ ।
राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले आफ्नो सवारीको बेला नागरिकलाई दु:ख नदिन निर्देशन दिनुभएको थियो । सरकारले पनि सवारी व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्ने बताएको थियो । काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम केहीबेरमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।