‍काठमाण्डौ फर्किएको जहाजका यात्रुलाई अर्को जहाजबाट बेङ्लाेर पठाइयो

 जेठ १३, २०८० शनिबार २०:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - चरा ठोक्किएको आशङ्कामा फर्किएको नेपाल एअरलाइन्सको जहाजका यात्रुहरुलाई अर्को जहाजबाट गन्तव्यमा पठाइएको छ। दुई बालबालिकासहित १ सय ५६ जना यात्रुलाई आज बेलुका अर्को जहाजबाट बेङ्लाेर पठाइएको हाे।

आज दिउँसो भारतको बेङ्लाेरका लागि उडेको नेपाल वायुसेवा निगमको उडान नम्बर २२५ को न्यारो बडी जहाज उडेको केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको थियो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार फर्किएको जहाजमा चरा ठोकिएको आशङ्का गरिएको छ।

प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेका छन् । जहाजमा कुनै पनि क्षति नभएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया