बाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने

 जेठ १५, २०८० सोमबार १८:४१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले पालिकासँगकाे समन्वयमा बाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।

आउँदाे आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पालिकासँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने बताउनुभयो ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नदी किनारामा रहेका अनधिकृत बसोवास हटाउन सङ्घीय सरकारले सहयोग नगरेको आरोप लगाउँदै आएका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया