आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस : आरक्षणको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड

 जेठ १६, २०८० मंगलबार ७:३९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार : सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । विभिन्न नीतिगत तथा संस्थागत प्रयास भइरहेका तर तुलनात्मक रुपमा महिलाहरू सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवम् आर्थिक रूपमा पछाडि परेका उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जन सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा सञ्चालित महिला लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउन सबैको सामूहिक प्रयास आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभएको छ । हिंसा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, छाउपडीलगायत सामाजिक, सांस्कृतिक प्रथा अहिले पनि कायमै छन् ।

‘कार्यस्थल, शैक्षिक संस्थान, सार्वजनिक ठाउँ तथा घर समाजमा अझै पनि महिलाहरू पूर्ण रूपमा सुरक्षित छैनन् । महिला तथा बालबालिका माथि हुने हिंसाजन्य घटना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा महिला अधिकारकर्मीको जोड छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया