विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालो सूचीमा

 जेठ १७, २०८० बुधबार ९:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

ती निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

कालो सूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिमा सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन् ।

कलेज अफ इम्प्लोइमेन्ट प्रा.लि भरतपुर चितवनलाई ३ वर्ष र पप्पु/कोशी एन्ड न्यौपाने जे.भी, पप्पु कन्स्ट्रक्सन प्रा.लि, कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा.लिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

अरु विभिन्न निर्माण सेवा तथा कम्पनी एक वर्षदेखि डेढ वर्ष सम्मका लागि कालो सूचीमा परेका छन् ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया