उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ : मन्त्री किराती

 जेठ २३, २०८० मंगलबार १५:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताउनुभएको छ। 

मङ्गलवार आज काठमाण्डाैमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्नँ भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि भारत पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ?’

उहाँले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताउनु भयो । उहाँले ओखलढुङ्गाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताउनु भयो । 

कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनै पनि जिल्लाको विकास कम हुनु नहुने बताउनु भयो । उहाँले ओखलढुङ्गाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरे पनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाउनु भयो । 

अन्तिम अपडेट: असोज २, २०८०

तपाईको प्रतिक्रिया