राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

 जेठ २५, २०८० बिहीबार १९:५६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ ।

बिहीवार काठमाण्डाैमा राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अब नेपालबाट रोजगारीका लागि कतार पुगेका नेपालीकाे मानव अधिकार हनन भएको बारेमा कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ । 

सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय मानव अधिकार आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले सम्झाैताले कतारमा काम गर्ने नेपाली कामदारकाे हक र अधिकार संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कतारमा भएका नेपालीले मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताउनुभयो । समितिले कतारमा रहेका नेपालीकाे मानव अधिकारको सुनिश्चितताका लागि नेपालीले काम गर्ने कम्पनीहरूको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको उहाँकाे भनाइ छ ।

कामु सचिव खरेलले कतारको मानव अधिकार समितिसँग राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो पटक सम्झौता गरेको र सन् २०१५ मा पनि समितिसँग सम्झौता भइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया