गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको क...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेल अस्पताल भर्ना हुनुभएकाे छ । राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई डाक्टरकाे निगरानीमा राखेर उपचार भइरहेकाे छ । उहाँलाई आज मङ्गलवार बिहान अस्पताल लगिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
यसअघि फोक्सोमा समस्या देखिएपछि गएकाे वैशाख ६ गते राष्ट्रपति पाैडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस 'एम्स' मा लगिएकाे थियाे ।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।