सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात, तर किसानले पाएनन्

 जेठ ३१, २०८० बुधबार ९:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ ।

कृषि सामग्री कम्पनीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालका लागि चलान भएको छ । त्यसमध्ये केहि मात्रामा मल नेपालको विरगंज आइसकेको कम्पनीले जनाएको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट नेपालका लागि चलान अवस्थामा छ । साथै २५ हजार मेट्रिक टन डीएपी मल पनि कोलकोत्ता आइपुगेको छ ।

यस्तै कृषि कम्पनीले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास पनि भारतको विशाखापटनम् आइसकेको छ । साल्टले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल चीनको लोड पोर्टमा लोडिङ्ग भएर भोलिसम्ममा कोलकोत्ता आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले धानबालीको मुख्य सिजन असारदेखि भदौसम्मका लागि मलको अभाव नहुने दाबी गर्नुभएको छ ।

अनुदानमा सरकारले उपलब्ध गराउने मलको बिक्री मूल्यमा पारदर्शिता कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण पालिकालाई अनुरोध गरिएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Sheshman

    June 19, 2023, 12:37 p.m.

    Rupandehi ma barewa Khaad aako xaina kisan ko problem Khaad ho yadi Khaad vayena vane ropani kasari hunxa kisan le 1 Bora pani khaad pako xaina kina hola yesto sir😭😭😭😭😭

  •  0 Reply
  • Bishownath Kapadi

    June 14, 2023, 11:50 a.m.

    कैलाली को धनगढी मा रहेको कृषि सामग्री कम्पनी मा डिल ए पि मल छैन असार को पहिलो साता तिर आऊछ भन्छन यसको खास कारण हे रहेछ जानकारी पाय आभारि हुने थिय

  •  0 Reply

तपाईको प्रतिक्रिया