कर्णालीको बजेट : नदीमाथिका गरा हराभरा बनाउन १ कराेड ४० लाख रुपैयाँ विनियाेजन (पूर्ण पाठ)

 असार १, २०८० शुक्रबार १९:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रवार प्रदेश सभा बैठकमा सरकारकाे बजेट सार्वजनिक गर्नुभएको हो ।

चालुतर्फ नाै अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा पालिकाकाे वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८० करोड चार लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अर्ब ७४ करोड नाै लाख रुपैयाँको थियो ।

बजेटमा ‘नदीमाथिका गरा : बनाउँछौँ हराभरा’ लाई कार्यरूप दिन कर्णाली, भेरी बेसिन र शारदालगायतका विभिन्न नदी किनारमा रहेका टारहरूमा सिँचाइ सुविधा विस्तार गर्न एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशको खाद्यान्न उत्पादनको प्रचुर सम्भावना रहेका क्षेत्रहरूको विकास गर्न सङ्घीय सरकार तथा विकास साझेदार संस्थासँग सहकार्य गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • वासुदेव जी सी

    June 16, 2023, 7:49 p.m.

    ढिलो गरी चेत खुलेको राम्रो कार्यक्रम ।

  •  0 Reply

तपाईको प्रतिक्रिया