हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'
पुस ५, २०८१ शुक्रबार
खोटाङ - पीडित र प्रहरीबीचको दूरी कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको छ । घटना घटेको समयमा मात्र भेट हुने पीडित र प्रहरीबीचको दूरीलाई घटाउँदै सुरक्षाकाे प्रत्याभूति गराउनका लागि जिल्ला प्रहरी कार्यालयले पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरेको हो ।
दण्डहीनताको अवस्था सिर्जना हुन नदिन तथा न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी कानुन बमोजिम सहयोग गर्न पीडित पुन: भेटघाट कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।
पीडित पुन: भेटघाट कार्यक्रम २०८० को पहिलो दिन जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीसहित ३४ युनिटले ३४ जना पीडितलाई घरैमा पुगेर भेटघाट गरेका छन् । आउँदाे हरेक महिनाको एक दिन जिल्ला प्रहरी कार्यालय मातहतको हरेक प्रहरी युनिटले एक/एक जना पीडितलाई घरैमा पुगेर प्रत्यक्ष भेटघाट गर्नेगरी कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
शारीरिक, मानसिक, आर्थिक एवम् सामाजिक क्षति बेहोरिरहेका पीडितसँगको भेटघाट कार्यक्रमका लागि जिल्लाका १० पालिकामा एक/एक जना र जिल्ला प्रहरी कार्यालयमा एक जना गरी ११ जना पीडित सम्पर्क अधिकृत तोकिएको छ ।
पीडितको हक, अधिकारको सन्दर्भमा अपराध पीडित संरक्षण ऐन, २०७५ को परिच्छेद २ मा व्यवस्था भए अनुसार प्रहरीले पीडित पुन: भेटघाट कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । हत्याकाण्डका पीडितदेखि सामान्य घरेलु हिंसा र झै–झगडाका पीडितलाई घरदैलाेमा भेटेर साक्षात्कार गर्दै ‘नेपाल प्रहरी पीडित नागरिकको साथमा छ’ भन्ने अनुभूति दिलाउनका लागि पीडित पुन: भेटघाट कार्यक्रम गरिएको हो ।
पीडित पुन: भेटघाटका क्रममा प्रहरीले पीडितको अहिलेको अवस्था, शान्ति सुरक्षा र न्यायको प्रत्याभूतिको अवस्था, अदालती प्रकृयाको प्रगति, पीडितको अनुभूति, अपेक्षा, समाधान हुन नसकेका कतिपय ‘केस’ मा सूचना लेनदेन लगायत सुरु गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।