औद्योगिक पूँजीको विकासपछि मात्रै सामजवादी क्रान्ति : गुरुङ

 कात्तिक ९, २०७५ शुक्रबार १८:४४:४९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले समाजवादी क्रान्तिका लागि औद्योगिक पूँजीको अनिवार्यता हुने बताउनुभएको छ ।

ने क पा नगर संयन्त्र सुन्दरबजार लमजुङद्वारा शुक्रबार सुन्दरबजारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकमा औद्योगिक पूँजीको विकास गर्नु जरुरी रहेको उल्लेख गर्नुभएको हो ।

सामन्तवाद, दलाल र पूँजीवाद विस्थापित गर्न सकेमा मात्रै औद्यागिक पूँजीको विकास हुने उहाँले बताउनुभएको छ । ‘औद्यागिक पूँजीको विकास गर्न सकिएमात्रै समाजवादी क्रान्तिको आधारभूमि तयार हुन्छ’, उहाँले थप्नुभयो ।

एकाधिकार दलाल र पूँजीवाद विस्थापित गर्न सरकार, सदन र सडकमा सबै प्रक्रियाबाट आफूहरुले पहल गर्न जरुरी रहेको उहाँले बताउनुभएको छ । ‘कम्युुनिष्टबीचको बृहत्तर रुपमा एकताबद्ध हुँदै कम्युनिष्टको नेतृत्वमा मात्रै यो कार्यभार पूरा गर्न हुनसक्छ । अरु विकल्पै छैन’, प्रतिनिधिसभाका सदस्य समेत रहनुभएको गुरुङले भन्नुभयो ।

ने क पाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद मायानाथ अधिकारीले नेकपाले मात्रै देशको विकास गर्न सक्ने, मुलुको गरिबी हटाउन सक्ने दावी गर्नुभएको छ । कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताका साथै शुभेच्छुकहरुको उलेख्य सहभागिता रहेको थियो ।    

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया