हेवा खाेलामा बेलिब्रिज राखिने

 असार ३, २०८० आइतबार १८:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचर – मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतवार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।

विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो ।

हेवा खोलामा सडक विभागको इटहरीमा रहेकाे कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतवार बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

बाढीले पुल बगाएपछि मेची राजमार्गको पाँचथर–तापलेजुङ सडक खण्ड पूर्णरूपमा बन्द छ ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय पाँचथर

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया