नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन : जनार्दन शर्मा

 असार ६, २०८० बुधबार १६:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखाना आवश्यक नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले याे दाबी गर्नुभएको हो । उपमहासचिव शर्माले अर्गानिक मल कारखाना भने आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधन, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि सङ्घीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, चिस्यान केन्द्रहरू स्थापना गर्ने र पालिकाले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयाे । शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • कृष्ण प्रसाद सुवेदी

    June 24, 2023, 8:43 p.m.

    रासायनिक मल उद्योग अति आवश्यक छ । तर त्यसलाई आवश्यक पर्ने कच्चापदार्थको श्रोत र उत्पादन भएको बस्तुको बजार बिश्लेषण गरी निस्कर्षमा पुग्न पर्छ ।

  •  0 Reply
  • Hari prasad gautam

    June 23, 2023, 11:38 a.m.

    तेसो हो भने रासयानिक मलको लागि अर्बौं अर्ब अनुदान किन दी राख्या..?

  •  0 Reply
  • मधु कुमार निरञ्जन

    June 21, 2023, 10:45 p.m.

    हो नेपालमा रासायनिक मल कारखाना आवश्यक छैन , सबै भ्रष्ट नेताहरुलाई खाल्डोमा पुरेर कुहाएर कम्पोस्ट (भ्रष्ट कम्पोस्ट ) तयार पार्नुपर्छ । यसबाट भ्रष्ट पनि सकिने अनि नेपाललाई कृषि प्रधान देश बनाउने नारा सफल पार्न पनि सहयोग पुग्ने ।

  •  1 Reply

तपाईको प्रतिक्रिया