पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले जनाएको छ ।
खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ गते शुरु हुने एन्फाले जनाएको छ । प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अनिष देउजा, दीप कार्की, अभिषेक बराल रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अञ्जन राई छन् ।
मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् । यस्तै, फरवार्डमा आयूष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन् । भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको नेपाल अब सन् २०२६ को विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।