'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न सकिने

 असार २२, २०८० शुक्रबार २०:३१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।  

नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया