एसीसी इमर्जिङ टिम्स एसिया कम खेल्न जाने टाेलीकाे बिदाइ

 असार २५, २०८० सोमबार १५:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज साेमवार बिदाइ गरेको छ । काठमाण्डाैमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारीलगातयले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

नेपाली टोली आजै श्रीलङ्का प्रस्थान गर्दैछ । याे प्रतियोगिता यही असार २८ गतेदेखि साउन ७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र यूएई छन् । त्यस्तै समूह 'बी' मा आयोजक श्रीलङ्का 'ए', बङ्गलादेश 'ए', अफगानिस्तान 'ए' र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानकाे 'ए' टोलीसँग यही असार २९ गते खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल साउन १ गते भारत 'ए' सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते यूएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघि टोलीमा समावेश भएका आरिफ शेखले भने प्रतियोगितामा सहभागिता जनाउने छैनन् । उनले आफनो व्यक्तिगत समस्या देखाउँदै नाम फिर्ता लिएका छन् । अब उनको ठाउँमा पवन सर्राफले सहभागिता जनाउने छन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया