विद्राेही समूह आईएससँग सम्बन्ध रहेकाे आराेपमा टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ

 असार २६, २०८० मंगलबार ७:१०:४० | एजेन्सी
unn.prixa.net

टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्राेही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आईएससँग सम्बन्ध रहेका अरु केहीको खोजी चलिरहेको छ । सन् २०१३ मा टर्कीले आईएसलाई आतङ्कवादी समूह घोषणा गरेको हो ।

इस्लामिक स्टेट अलकायदाबाट अलग्गिएर बनेको एउटा सुन्नी सङ्गठन हो । यसले मुख्य गरी सिरियादेखि इराकका भागमा ठूलो सङ्गठन बनाएर गतिविधि गर्दै आएको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया