वीरेन्द्रनगरमा निसास्सिएर आमा–छोराको ज्यान गयो, छोरीको उपचार ...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ, सामान्य चिकित्सा (एचए) र फार्मेसीको अध्ययन शुल्क बढाएको छ।
सीटीईभीटीले सूचना निकालेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी शुल्क बढाइएको जानकारी गराएको हो। अब नर्सिङ पढ्ने विद्यार्थीले तीन वर्षमा ६ लाख २४ हजार दुई सय ३० रुपैयाँ पढाइ शुल्क तिर्नुपर्नेछ । यसअघि नर्सिङको पढाइ शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो ।
त्यस्तै, एचएका विद्यार्थीले पाँच लाख २३ हजार आठ सय २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि एचएमा चार लाख चार हजार रुपैयाँ शुल्क थियो ।
यस्तै, फार्मेसीका विद्यार्थीले तीन वर्षमा चार लाख २३ हजार ६६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि फार्मेसीको शुल्क तीन लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।