नेपाली महिला फुटबल टाेलीलाई युनिलिभरकाे प्रायाेजन

 साउन २, २०८० मंगलबार १६:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टाेलीलाई युनिलिभर नेपालले प्रायाेजन गरेकाे छ । महिला फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच आज मङ्गलवार सम्झौता भएको हाे ।

सम्झाैतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर गर्नुभयाे । युनिलिभरले एक वर्षका लागि महिला टोलीलाई प्रायोजन गर्ने र २५ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ ।

यस प्रायाेजनमार्फत सबै पक्षमा महिला फुटबल टाेलीलाई सहयाेग र प्रवर्धन गर्न नजिकबाट काम गर्ने युनिलिभर नेपालले जनाएकाे छ । फुटबल टाेली र महिला खेलाडीहरूकाे विकास र सफलतामा याेगदान पुर्‍याउने एवम् आउँदाे पुस्ताका महिला खेलाडीहरूलाई प्राेत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्‍याउने युनिलिभर नेपालले लक्ष्य लिएकाे छ ।

युनिलिभर नेपालले व्यक्तिगत हेरचाहका वस्तु उत्पादन गर्दै आएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया