काँकडभिट्टा नाका : चीनबाट ३ अर्ब रुपैयाँकाे सामान आयात हुँदा निर्यात शून्य

 साउन ४, २०८० बिहीबार २०:३३:४० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

झापा – गएकाे आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएकाे आवमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ । 

गएकाे आवमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने त्यही अवधिमा त्याे नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट पाँच अर्ब ६५ करोड २० लाख ६५ हजारको सामान आयात भएको छ भने ४७ करोड ११ लाख ५३ हजार रुपैयाँको सामान निर्यात भएको छ । विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बङ्गलादेशसँगको व्यापार घाटा भएको छ । 

साथै समीक्षा अवधिमा भुटानसँग एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने ५२ करोड दुई लाख ३६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । त्यही अवधिमा भारतबाट ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

गएकाे आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ । चीनबाट तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य छ । 

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ । साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्चा पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चा पदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया