चितवनकाे चाैधकिलाेमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते

 साउन ९, २०८० मंगलबार ११:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनकाे चौधकिलोमा बस र ट्रक ठाेक्किँदा ३० जना घाइते भएका छन् । 

नारायणगढबाट मुग्लिनका लागि छुटेकाे रा १८ ख २२३६ नम्बरको बस र नारायणगढ आउँदै गरेकाे ना ६ ख ४९४२ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा ठाेक्किएका हुन् । 

घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयाे ।

चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको पण्डितले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया