माेटरबाट खेतमा पानी हालिरहेका किसानकाे करेन्ट लागेर ज्यान गयाे

 साउन ९, २०८० मंगलबार १६:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सप्तरी – सप्तरीमा माेटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर ज्यान गएको छ ।

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय उमेश मण्डलको गए राति करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका मण्डललाई उपचारका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया