विश्वकपअघि भारतले अस्ट्रेलियासँग ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्ने

 साउन ९, २०८० मंगलबार २०:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतीय क्रिकेट नियन्त्रण बाेर्ड (बीसीसीआई) ले घरेलु सिजन २०२३/२४ का लागि खेलकाे तालिका र मैदानकाे नाम घाेषणा गरेकाे छ । 

यस घरेलु सिजनमा भारतीय टिमले १६ वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ । जसमा ५ वटा टेस्ट, ३ वटा एकदिवसीय र ८ वटा टी–२० रहेकाे छ । यसका साथै बीसीसीआईले भारत–अस्ट्रेलिया शृङ्खलाकाे तालिका र ठाउँ घाेषणा गरेकाे छ । 

भारतीय टिमले एकदिवसीय विश्वकपअघि अस्ट्रेलियासँग ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्नेछ । याे शृङ्खलाकाे पहिलाे खेल सेप्टेम्बर २२ माेहालीमा हुनेछ । यस्तै दाेस्राे खेल सेप्टेम्बर २४ मा इन्दाेर र तेस्राे खेल सेप्टेम्बर २७ मा राजकाेटमा हुनेछ । 

यस्तै विश्वकपपछि भारत–अस्ट्रेलियाबीच ५ खेलकाे टी–२० शृङ्खला हुनेछ । नाेभेम्बर २३ मा शुरु हुने शृङ्खला डिसेम्बर ३ मा सकिनेछ ।

एकदिवसीय विश्वकप अक्टाेबर ५ देखि भारतमा शुरु हुँदैछ । विश्वकपकाे फाइनल खेल नाेभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया