एन्फा महिला लिग फुटबलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लब विजयी

 असोज ५, २०८१ शनिबार १९:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज सङ्कटा क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको खेलमा सङ्कटा क्लबले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । उसका लागि विदेशी खेलाडी टेमिलोपे जेनिफरले ४ गोल गरिन । सङ्कटा ८ अङ्कसहित छैठौँ स्थानमा छ भने सुदूपश्चिम अङकविहिन हुँदै पुछारमा छ ।

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई २–० गोलले हराएको छ । उसका लागि दुवै गोल सम्झाना लावतीले गरिन् ।  पुलिस १५ अङ्कसहित तेस्रो र वालिङ १२ अङ्कसहित चौथो स्थानमा छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया