जापानमा केही क्षेत्रमा अहिलेसम्मकै ठूलो वर्षा

 असोज ५, २०८१ शनिबार १७:५१:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्य जापानको केही क्षेत्रमा अहिलेसम्मकै ठूला रेकर्ड वर्षापछिको बाढी पहिरोमा परेर एक जनाको ज्यान गएको छ, सात जना हराइरहेका छन् । भूकम्पको पुनर्निर्माणमा काम गर्ने चार जनासहित सात जना बेपत्ता भएका र खोजी तथा उद्धारको काम भइरहेको जापानको दमकल विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारले हजारौँ मानिसको उद्धार गरिरहेको छ ।

सरकारले वाजिमा शहरका १८ हजार र सुजुका १२ हजार जना मानिसहरूलाई होन्शु टापुको इशिकावामा शरण लिन भनेको छ । निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार जना बासिन्दाहरूलाई बस्ती छाड्न आग्रह गरिएको खबरमा उल्लेख छ ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले अझै निकै ठूलो वर्षाको चेतावनी जारी गरेको छ । मध्य क्षेत्रका १२ वटा नदीहरु किरानाभन्दा बाहिर जान थालेका छन् ।  आज बिहान वाजिमामा प्रतिघण्टा १ सय २१ मिलिमिटर र सुजुमा ८५ मिलिमिटर वर्षा भएको छ ।

यो अहिलेसम्मकै उच्च वर्षा हो । वाजिमा र सुजु क्षेत्रमा यसै वर्षको शुरुकै दिन गएको भूकम्पका कारण तीन सय जनाको ज्यान गएको थियो । यी क्षेत्रमा पुनर्निर्माणको काम चलिरहेको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया