उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ७१ अङ्कले घटेर दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे आठ प्रतिशत तथा माइखोला हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डकाे शेयर साढे सात प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर छ प्रतिशतले बढेकाे छ ।
बजारसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।