आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।
बिहान कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको थियाे। पहिरो पन्छाएर ९ बजेदेखि सडक खुलेको छ । रोकिएका गाडी सडक खुलेपछि गन्तव्यतर्फ लागेका छन् ।
त्यसअघि गएराती बन्द भएको सडक पहिरो हटाएपछि बिहान ३ बजेदेखि खुलेको थियो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।