खाेटाङकाे ऐँसेलुखर्क र रावाबेसी जाेड्ने माक्पा–दुबेकोल सडक खण्ड पहिरोका कारण अवरुद्ध

 साउन १३, २०८० शनिबार १४:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोटाङ - पहिरो खसेका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका र रावाबेसी गाउँपालिका जोड्ने माक्पा–दुबेकोल सडक अवरुद्ध भएको छ ।

शुक्रवार राति परेको अविरल वर्षाका कारण भिरपानीमा पहिरो खस्दा ऐँसेलुखर्क गाउँपालिका–७ माक्पा र रावाबेसी गाउँपालिका–५ दुबेकोल जोड्ने सडक अवरुद्ध भएको हो ।

सडकमा पहिरो खसेपछि गाडी आवागमन ठप्प भएको छ । सडकमा खसेको पहिरो स्थानीयकाे सहयाेगमा पन्छाउने काम भइरहेको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका वडाध्यक्ष अरुण राईले बताउनुभयो । 

तीन/चार घण्टामा जीप र बेलुकासम्ममा बस आवतजावत गर्न सक्ने गरी सडक सञ्चालनमा ल्याउने काम भइरहेको वडाध्यक्ष राईले बताउनुभयो । सडकमा ठूलाठूला ढुङ्गा थुप्रिएकाले पहिराे हटाउन समय लाग्ने उहाँले बताउनु भयाे । 
 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया