झापासहित आसपासका ठाउँमा अत्यधिक वर्षा, होचा र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 साउन १४, २०८० आइतबार ६:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ । केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने स–साना खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

डुबान भैरहने होचा ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ । कास्कीको जुम्लेटी–पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ तथा पर्वत आसपास भएर बग्ने खोलामा आकस्मिक बहावको जोखिम रहेको छ ।

कुस्मा–पोखरा सडक खण्ड, घान्द्रुक र आसपासमा पहिरोको जोखिम छ । कमजोर भिरालो जमिन भएका ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज देशभरकै मौसम सामान्य बदली रहने अनुमान छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया