कास्कीकाे विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार

 साउन १४, २०८० आइतबार ११:४९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाकाे सकुशल उद्धार भएकाे छ।  सशस्त्र प्रहरीले खाेलामा फसेका चार जनाकाे गएराति उद्धार गरेकाे हाे ।

निर्माणाधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको बेला बाढी आउँदा उनीहरु फसेका प्रहरीले जनाएकाे छ । बाढीमा फसेका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपालीकाे उद्धार गरिएकाे हाे । 

उनीहरु बाढीमा फसेको सूचना पाएपछि २४ नम्बर कालीका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धारका लागि खटिएकाे थियाे । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया