खो–खो विश्वकपमा नेपाली पुरुष टाेलीकाे तेस्रो जीत
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दिउँसो १ बजेसम्मा खुलाउने तयारी भएको छ ।
बिहान ९ बजे चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै ठप्प भएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । दिउँसो १ बजेसम्ममा पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको कार्यालयले जनाएको छ । पहिरोका कारण यो सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्डसहित विभिन्न सात सडक अवरुद्ध छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।