भक्तपुर–नगरकोट सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन

 साउन २३, २०८० मंगलबार ७:४८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।

हिजो भक्तपुर–नगरकोट सडक खण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो ।

निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएकाले विभिन्न ठाउँमा आएका अवरोध हटाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

भक्तपुर–नगरकोट सिपाघाट/बालाजु त्रिशूली सडक आयोजनाका सब–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउनुभयो ।  शैलुङ कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आउँदाे दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गर्नुभयो ।

यो विसं २०७३ साल असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

२७ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर  ३१ करोड रुपैयाँ पुर्याइएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड नौपटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचारसमेत गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया