आईसीसी क्रिकेट विश्वकपमा ९ वटा खेलकाे मिति हेरफेर, भारत–पाकिस्तानबीचकाे खेल अक्टाेबर १४ मा

 साउन २५, २०८० बिहिबार १७:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन भएसँगै बाँकी आठ वटा खेलको पनि मिति हेरफेर भएको छ ।

भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्यान दिँदै एक दिनअघि अर्थात् अक्टाेबर १४ मा सारिएको आईसीसीले जनाएको छ । १० अक्टोबरमा हुने इङ्ग्ल्याण्ड र बङ्गलादेशबीचको खेलमा मिति नभई समय मात्रै परिवर्तन भएको छ ।

यस्तै पाकिस्तान र श्रीलङ्काबीच अक्टोबर १२ तारिखमा हुने तय भएको खेल अब अक्टोबर १० तारिखमै हुनेछ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि एक दिन छिटो अर्थात् अक्टोबर १२ तारिखमा हुनेछ । न्युजिल्यान्ड र बङ्गलादेशबीचको खेल पनि एक दिन पहिले नै अक्टोबर १३ तारिखमा हुनेछ । अक्टोबर १४ तारिखमा हुने तय भएको इङ्ग्ल्यान्ड र अफगानिस्तानको खेल एक दिनपछिका लागि सरेको छ ।

यस्तै अस्ट्रेलिया र बङ्गलादेशबीचको खेल एक दिनअघि सरेर नोभेम्बर ११ तारिखमा हुनेछ । इङ्ग्ल्यान्ड र पाकिस्तानले नोभेम्बर ११ र भारत र नेदरल्यान्ड्सले नोभेम्बर १२ तारिखमा खेल्नेछन् ।

विश्वकप क्रिकेट आउँदो अक्टोबर ५ तारिखदेखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । विश्वकपका खेल भारतका १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलुरु, मुम्बई र काेलकातामा खेल हुनेछ ।

तस्बिर : आईसीसी

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया