खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने भएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउन सहकार्य बढाउने बताउनुभएको छ ।
नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा भएको विशेष समारोहमा प्रधानमन्त्री सुनाकले आउँदा दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभएको लण्डनमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री सुनकले ‘ब्रिटिस गोर्खा’ को योगदानको पनि प्रशंसा गर्नुभयो । बेलायतका परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले नेपालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने बताउनुभयो ।
नेपाल र बेलायतबीच सन् १९२३ को मैत्री सन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको अवसरमा भएको कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।