शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार

 साउन २९, २०८० सोमबार १५:१६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको शेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया