भारतकाे मिजाेरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा १७ जना मजदुरकाे ज्यान गयाे

 भदौ ६, २०८० बुधबार १३:५८:१३ | एजेन्सी
unn.prixa.net

भारतकाे मिजोरममा बुधवार (आज) बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा कम्तीमा १७ जना मजदुरकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरम राज्यको राजधानी आइजलबाट झन्डै २० किलोमिटर पर रहेकाे सैराङ क्षेत्रमा भएको हो । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भइनसकेको बताइएको छ ।

यसैबीच घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई दुई लाख भारु क्षतिपूर्ति दिइने जनाएको छ । प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तस्बिर : मिजाेरमका मुख्यमन्त्री जाेरमथांगाकाे ट्विटरबाट

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया