‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै २ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति काठमाण्डाैबाट पक्राउ

 भदौ ७, २०८० बिहीबार १५:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाकाे तानसेन नगरपालिका–३ घर भई काठमाण्डाैकाे चन्द्रागिरि बस्दै आएका ५८ वर्षीय नरेश गाैतम रहेका छन् । उनलाई आज बिहीवार काठमाण्डाैबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

गाैतमले दाङकी २२ वर्षीया युवतीलाई प्रहरी जवानमा भर्ना गराएर जागिर लगाइदिन्छु भन्दै पटक–पटक गरेर दुई लाख रुपैयाँ लिएर ठगी गरेका थिए । पीडित युवतीले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

काठमाण्डाैबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया