नगर प्रहरीलाई मेयर शाहकाे आग्रह– ‘बुद्धि, विकेक पुर्‍याएर काम गर्नु हाेला’

 भदौ १४, २०८० बिहिबार १७:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई आग्रह गर्नुभएकाे छ ।

महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आज बिहीवार आयोजित कार्यक्रममा मेयर शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई आग्रह गर्नुभएकाे हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘एउटै व्यक्तिमा बुद्धि–विवेक, इमानदारिता र हिम्मत तीन वटै गुण भएको खासै पाइँदैन । यो तीन वटै गुण राखेर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भूमिका निभाउनुभएकोमा पनि धेरैधेरै धन्यवाद दिन चाहन्छु । साथ साथै नगर प्रहरी बलले बुद्धि–विवेक पुर्‍याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्‍याउनु होला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमानदार त सधैँ हुनु नै पर्नेछ । यसरी नै बितेको वर्षमा तपाईँहरूले काम गर्नुभएको छ । त्यसका लागि मलगायत हामी सबै जनप्रतिनिधि धेरै नै खुशी छौँ । यसरी नै खुशी राखिरहनु होला ।’ 

मेयर शाहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबविना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको उल्लेख गर्नुभयाे । उहाँले महानगरपालिकाले एक सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि मेयर शाहकाे भनाइ छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया