हिजोदेखि शुरु भएको नाडा अटो शोमा चारपाङ्ग्रे विद्युतीय गाडीमा आकर्षण

 भदौ २७, २०८० बुधबार ८:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरु नाडा अटो शोमा चारपाङ्ग्रे विद्युतीय गाडी आकर्षणका रुपमा रहेका छन् । अटो शोको पहिलो दिन अवलोकनकर्ताहरु विद्युतीय गाडीका नयाँ मोडलमा आकर्षित भएका हुन् ।

अटो शोमा पेट्रोल, डिजेल र विद्युतीय गाडीको प्रदर्शनी छ । तर, विद्युतीय गाडीमा धेरैले चासो दिएका नाडाले जनाएको छ । अटो शो मा विभिन्न ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमध्ये १६ वटा ब्राण्ड चार पाँग्रेका, २२ वटा दुई पाङ्ग्रेका र ७ वटा लाइट कमर्शियल भेहिकलका छन् ।

यस्तै अटो शोमा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । प्रदर्शनीमा ठूला तथा साना गरी झण्डै १ सय २० वटा स्टलहरु छन् । यस्तै ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।

छ दिनसम्म चल्ने अटो शो २०२३ मा करिब ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने र २० अर्ब रुपैयाँको कारोबार हुने आयोजकले अनुमान गरेको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया