अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – सुन्दरबजार–७, पाउँदीकी पुष्पा मिश्रले आफ्नो ११ रोपनी खेतमा बर्सेनि धान लगाउँदै आउनुभएको छ ।
केही वर्ष अघिसम्म उहाँले गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आउनुभएको थियो । तर यसवर्ष उहाँले दाइँ हाल्न गोरु र मान्छेको भर पर्नुभएन । यसपाली उहाँले आधुनिक ‘थ्रेसर मेशिन’को प्रयोग गरी दाइँ हाल्नुभएको छ ।
‘अहिले युवाशक्ति विदेश पलायन भएको छ । गाउँघरमा काम गर्ने मान्छे पार्इंदैन । पाइएका खेतालाको ज्याला खर्च पनि महँगो छ । गोरु पाउन झनै मुश्किल । त्यसैले मैले त यसवर्ष थ्रेसर मेशिनले नै दाइँ हालेँ,’ सहकाले फाँटमा धानको रास मिलाउँदै उहाँले भन्नुभयो ।
उहाँका अनुसार गोरु र मान्छेले दाइँ हाल्दा समय बढी लाग्छ । खर्च धेरै नै हुन्छ । तर ‘थ्रेसर मेशिन’ले दाइँ हाल्दा श्रम, समय र पैसाको बचत हुने उहाँको आफ्नै अनुभव छ । ‘अहिले त प्रति खेताला खर्च झण्डै एक हजार रुपैयाँ पर्छ । खेताला खर्च महँगो छ नि,’ उहाँले भन्नुभयो ।
‘थ्रेसर मेशिनको त फाइदै फाइदा छ । श्रम, पैसा र समयको बचत हुन्छ । अब त म बर्सेनि थ्रेसर मेशिनबाटै खेती थन्क्याउँछु,’ निधारको पसिना पुछ्दै उहाँले भन्नुभयो ।
पछिल्लो समय लमजुङका किसानहरुले धान, पराल छुट्याउन ‘थ्रेसर मेशिन’कै प्रयोग धेरै गर्न थालेको ‘थ्रेसर मेशिन’ चालक राम नरेशले बताउनुभयो ।
मुख्यतः पैसा र समयको वचत हुने भएकै कारण किसानहरु ‘थ्रेसर मेशिन’तर्फ तानिएको उहाँको बुझाई छ ।
‘विगत ३ वर्षदखि म यसै समयमा लमजुङ आउँछु, थ्रेसर मेशिन लिएर । धेरैले मेशिनबाटै दाइँ हाल्न खोज्छन् । पैसा र समयको बचत हुने भएकै कारण होला उनीहरुले दाइँ हाल्न थ्रेसर मेशिन नै रोज्छन्,’ उहाँले भन्नुभयो ।
‘थ्रेसर मेशिनको प्रतिघण्टा ३ हजार रुपैयाँ लिन्छु । किसानको काम पनि छिट्टै सकिन्छ । मलाई पनि केही फाईदाचाहिँ हुन्छ,’ उहाँले भन्नुभयो ।
विशेषगरी जिल्लाको सुन्दरबजार, पाउँदी, भोर्लेटार, भोटेओडार, बेसीशहर लगायतका ठाउँका किसानहरुले पछिल्ला समय ‘थ्रेसर मेशिन’बाटै दाइँ हाल्दै आएका छन् ।
काम गर्ने मान्छे नपाइएकै कारण दाइँ हाल्नको लागि ‘थ्रेसर मेशिन’ रोज्नु परेको भोटेओडारका किसान लालकुमार श्रेष्ठले बताउनुभयो ।
‘गाउँमा काम गर्ने मान्छे पाइँदैँनन् । वर्षभरी दुःख गरी लगाएको खेती त समयमै थन्क्याउनैपर्यो । त्यसैले दाइँ हाल्न थ्रेसर मेशिन अर्डर गर्न आएको,’ थ्रेसर मेशिन अर्डर गर्न पुष्पाको फाँटसम्म पुगेका लालकुमारले भन्नुभयो ।
जिल्लाका कतिपय किसान अहिले फाँटमा पाकेको धान काट्न, बिटा लगाउन, कुन्युँ लगाउनका साथै दाइँ हाल्न जुटिसकेका छन् । श्रम, पैसा र समयको बचत हुने भएका कारण यहाँका किसानहरुले पछिल्लो समय आधुनिक कृषि उपकरणको उपयोग गरी खेतीपाती गर्दै आएका छन् ।
दाइँ हाल्ने परम्परा नेपाली किसानको मौलिक परम्परा रहेकाले आधुनिकताका नाउँमा दाइँ सँस्कृति लोप हुन्छ कि भन्ने ठूलो चिन्ता छ, पाको पुस्तालाई ।
खेतको गरा खुर्केर, गोबर माटोले पोतेर, मियो गाडेर, कुन्युबाट धानको मुठा निकाली झाँटेर, धेरैभन्दा धेरै गोरु मियोमा घुमाएर, भाका हाल्दै गोरु धपाउँदै पराल माड्दै, रासमा रहेको धान नाङ्लोले बत्ताउँदै, परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्नुको मज्जा नै छुट्टै हुने पाको पुस्ता बताउँछ ।
‘दाइँ सँस्कृति हाम्रो मौलिक सँस्कृति हो । यसले आपसमा मेलमिलाप गराउँछ । त्यसैले यो सँस्कृतिलाई हामीले जोगाउनु चाहिँ पर्छ,’ लमजुङ सुन्दरबजार ऐशुलुचौरकी चिजामाया वस्ती ‘वस्तिनी जेठी’ले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।