सोलुखुम्बुको पानीडाँडामै पानीको हाहाकार !

 भदौ ३१, २०८० आइतबार ९:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुको पानीडाँडामै खानेपानीको हाहाकार भएकाे छ । झन्डै दुई वर्षदेखि खानेपानीकाे आपूर्ति बन्द भएपछि पानीडाँडा र खिप्लीका १६ घरपरिवार मर्कामा परेका छन् । 

स्थानीय ८२ वर्षीय निरकुमार बस्नेतले दैनिक दुई किलाेमिटर हिँडेर खानेपानीकाे जाेहाे गर्दै आएकाे गुनासाे गर्नुभयाे । बस्तुभाउका लागि तीन किलाेमिटर टाढाकाे इतल्कु खोलाको पानी बाेकेर ल्याउने गरेकाे अर्का  स्थानीय मदन तामाङले बताउनु भयाे । 

सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोखरीमा लैजानुपर्दा पानीडाँडा क्षेत्रमा यस्ताे समस्या निम्तिएकाे जुबुका वडाध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो । समस्या समाधानका लागि पालिकास्तरीय खानेपानी बोर्डले वर्षात सकिएलगत्तै काम अघि बढाउने उहाँकाे भनाइ छ । 

पालिकाले केही दिनभित्र प्राविधिकसहितको टोली खटाउने उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया