हुम्लाको सर्केगाडमा माओवादीकी तिमल्सिना विजयी, एमाले तेस्रो
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा शुरु गरेको छ ।
विदेशमा रहेका नेपालीले अब विदेशमा रहेका आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा शुरु गर्दै आईएमई सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्ने पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताउनुभएकाे छ । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने उहाँकाे भनाइ छ ।
यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् अहिले न्यूनतम दुई हजार दुई सय रुपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।