३० वर्षभन्दा धेरै जेल सजाय भोगेका भुटानी राजनीतिक बन्दी मगरलाई सम्मानसहित आर्थिक सहयोग

 असोज १२, २०८० शुक्रबार ११:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ३० वर्ष चार महिना लामो जेल सजाय भोगेर हालै रिहा भएका भुटानी राजनीतिक बन्दी मधुकर मगरलाई सम्मानसहित आर्थिक सहयोग गरिएको छ । उहाँलाई नेदरल्यान्ड्समा सम्मान तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले शुरु गरेको अभियानमार्फत् सङ्कलन भएको झण्डै २ लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको भुटानमा राजनीतिक बन्दीहरुको रिहाइका लागि विश्वव्यापी अभियान हेग, नेदरल्यान्ड्सका संयोजक राम कार्कीले जानकारी दिनुभयो ।

सम्मान तथा आर्थिक सहयोग हस्तान्तरणको अवसरमा झापाको बेलडाँगी शिविरका पूर्व सचिव तथा जीसीआरपीपीबीका प्रतिनिधि डीबी सुब्बाले भुटानी राजनीतिक कैदीको स्वतन्त्रताका लागि सन् २०१९ मा समिति गठन भएदेखि अहिलेसम्म गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

सुब्बाले सबै भुटानी राजनीतिक बन्दीको समयमै रिहाइ र त्यसपछि उनीहरुको उचित पुनःस्थापनाको लागि प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाउनुभयो । मगर साउन अन्तिम हप्ता भुटानको चेम्गाङ केन्द्रीय कारागारबाट रिहा हुनुभएको थियो ।

तस्बिर : गाेफन्ड डट कम 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया