नेपाल एअरलाइन्सकाे रेसुङ्गा–काठमाण्डाै उडान तालिका परिवर्तन

 असोज १२, २०८० शुक्रबार २०:१३:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले गुल्मीमा उडानको तालिका परिवर्तन गरेको छ । निगमले यसअघि हप्तामा मङ्गलवार र शुक्रवार उडान गर्दै आएकोमा अबदेखि बुधवार र शुक्रवार उडान गर्ने जनाएको छ ।

रेसुङ्गा विमानस्थलबाट मङ्गलवारको दिन काठमाण्डौ आउजाउ गर्ने यात्रुको सङ्ख्यामा कमी आएपछि निगमले त्याे दिनकाे तालिकालाई हटाएर बुधवार सारेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयाे । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई बुधवार र शुक्रवार उडान गर्न अनुमति दिएकाे छ ।

यसअघि निगमले मङ्गलवार रेसुङ्गा विमानस्थलबाट एक जना यात्रु लिएर काठमाण्डौ गएको थियो । गुल्मीमा मङ्गलवारको दिन धेरै मानिस घरबाट लामो यात्रामा बाहिर ननिस्कने भएका कारण पनि स्थानीयको मनोभावनाअनुसार निगमले मङ्गलवारकाे ठाउँमा बुधवार सारेकाे हाे ।

निगमको १८ सिट क्षमताको जहाजले हप्ताकाे प्रत्येक बुधवार बिहान साढे ६ बजे काठमाण्डाैबाट रेसुङ्गा र बिहान साढे ७ बजे रेसुङ्गाबाट काठमाण्डाैका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । निगमले काठमाण्डाैबाट रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाण्डाैका लागि सात हजार ८० रुपैयाँ भाडा निर्धारण गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको एअर ट्राफिक कन्ट्रोलर अस्मिता बस्नेतले प्रतिकूल मौसमका कारण यसअघि उडान रद्द हुने गरेको भए पनि मौसममा सुधार आएको भन्दै अबदेखि उडान नियमित हुने बताउनुभयाे । गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु गरिएको थियो । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्दछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया