आज र भोलि देशभरकै मौसम बदली : केही ठाउँमा ठूलो वर्षाको सम्भावना, पर्सिदेखि मौसम खुल्दै जाने

 असोज १६, २०८० मंगलबार ७:३९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरको मौसम बदली भएको छ । आज र भोलि देशभरकै मौसम बदली हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ । आज गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।

यस्तै, भोलि कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । भोलि पनि देशभरको मौसम बदली हुने मौसमविद् गोविन्द झाले बताउनुभयो । पानी पर्ने सम्भावना रहेकाले तत्काल धान नकाट्न पनि किसानलाई मौसविद्ले सुझाव दिएका छन् ।

काटेको धानमा पानीले नोक्सानी गर्न सक्ने भएकाले नकाट्न सुझाव दिइएको हो । मौसमविद् गोविन्द झाका अनुसार पर्सिदेखि भने मौसम खुल्दै जाने सम्भावना छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया